Burgoyne Heights Pre School and Nursery Nepalese

बर्गन हाईट्स प्रि-स्कूलमा तपाईंलाई स्वागत छ । डोभर कासल नजिक स्थापित यो बर्गन हाईट्स प्रि-स्कूलले बिगत 25 बर्ष देखि निरन्तर यहाँका स्थानिय र सेरोफेरोका बासिन्दाहरुलाई सेवा प्रदान गर्दै आएको छ । यो प्रि-स्कूल यहाँको समाजको अभिन्न अंग हुनाको साथै स्थानिय प्राथमिक बिद्यालयसंग निकै राम्रो सम्बन्ध रहेको छ । हामी 2 देखि 4 बर्ष सम्मका , रिसेप्सन जाने उमेर समूहका नानीहरूलाई उत्साहजनक कृयाकलापको अवसर प्रदान गर्दछौं । EYFS 2012 को लक्ष्य प्राप्तिगर्नको लागि योग्यताअनुसारका निकै सहयोगी र धेरै वर्षका अनुभवी कर्मचारी यहाँ कार्यरत छन् । यो स्कूल टर्म टाइममा मात्र (38 हप्ता), सोमवार बाट शुक्रबार, विहान 8:30 देखि दिउँसो 2:45 सम्म संचालन हुन्छ । हामी प्रि-स्कूल जान शुरु गर्नु भन्दा पहिला अभिभावक तथा चाइल्डमाइन्डर्स हरु लाई नानी हरू सगं बस्न र खेल्नको लागि आउन प्रोत्साहित गर्दछौं , जसले गर्दा पछि नानी हरू लाई यहाँ ल्याएर छोडेर जान र बानि बसाल्न सजिलो हुनेछ ।